यी हुन् उच्च फाइबरयुक्त ८ खानेकुरा, राम्रो स्वास्थ्यका लागि खानैपर्छ-Sutra News

यी हुन् उच्च फाइबरयुक्त ८ खानेकुरा, राम्रो स्वास्थ्यका लागि खानैपर्छ

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

यदि तपाईं राम्रो स्वास्थ्य चाहनुहुन्छ भने, आफ्नो आहारमा उच्च फाइबरयुक्त खानाहरू समावेश गर्नुहोस्। अन्य पोषक तत्वहरू जस्तै, फाइबर पनि राम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। यसको कमीका कारण शरीरले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।



फाइबरले कब्जियतको समस्याबाट छुटकारा दिन्छ। फाइबरको प्रयाेगले पेट सजिलै सफा गर्न मद्दत गर्छ। पाचनसम्बन्धी समस्या हुँदैन । वास्तवमा फाइबरले खानालाई संकलन गरी शरीरको ठूलो आन्द्रामा लैजान्छ र ब्याक्टेरियाले त्यसलाई ऊर्जामा परिणत गर्छ।

हेल्थलाइनमा प्रकाशित एक रिपोर्टका फाइबरयुक्त खानाले पाचन प्रणालीलाई बलियो बनाउँछ र कब्जियतबाट राहत दिन्छ। साथै, तौल पनि नियन्त्रणमा रहन्छ ।

जान्नुहोस् कुन चीजमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यो शरीरका लागि कसरी फाइदाजनक हुन्छ-

नाशपाती
नाशपाती एक लोकप्रिय फल हो, जुन स्वादिष्ट र पौष्टिक छ। यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यसलाई सलादको रुपमा पनि खान सकिन्छ । यसलाई बोक्रा नफाली खानु फाइदाजनक हुन्छ ।

स्ट्रबेरी
स्ट्रबेरी एक स्वादिष्ट फल हो। यो फाइबरको राम्रो स्रोत हो। साथै, यसमा प्रशस्त भिटामिन सी, म्यांगनीज र अन्य पोषक तत्व पनि पाइन्छ ।

स्याउ
स्याउ सबैभन्दा स्वादिष्ट फलहरुमध्ये एक हो। यो सबैको लागि लाभदायक छ। यसमा तुलनात्मक रूपमा धेरै फाइबर पनि हुन्छ। यसको नियमित सेवनले फाइदा गर्छ ।

केरा
केरा भिटामिन C, भिटामिन B6 र पोटासियम सहित धेरै पोषक तत्वहरूको राम्रो स्रोत हो। यो पाचनमा सहयोगी हुन्छ ।

गाजर
गाजर स्वादिष्ट र उच्च पौष्टिक तत्व भएकाे फल हाे । यसमा भिटामिन के, भिटामिन बी ६, म्याग्नेसियम जस्ता पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित सेवनले निकै फाइदा गर्छ ।

चुकन्दर
चुकन्दर एक विशेष फल हो, जसमा फोलेट, आइरन, कपर, म्यांगनीज र पोटासियम जस्ता धेरै पोषक तत्वहरू हुन्छन्। यसमा फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । जसले कब्जियतको समस्यालाई हटाउन मद्दत गर्छ ।

ब्रोकाउली
ब्रोकाउलीमा धेरै पोषक तत्व पाइन्छ । यसमा भिटामिन सी, भिटामिन के, फोलेट, बी भिटामिन, पोटासियम, आइरन र म्यांगनीज जस्ता तत्वहरू पाइन्छ। यसका साथै यसमा क्याल्सियम र फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ ।

राज्मा
किड्नी बीन्स धेरै पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। प्रोटिन र फाइबर प्रचुर मात्रामा हुने भएकाले यसको सेवनले तौल नियन्त्रणमा राख्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट