लगातारको बृद्धिपछि घट्यो सुनको मूल्य-Sutra News

लगातारको बृद्धिपछि घट्यो सुनको मूल्य

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

काठमाडौं । दसैँको आगमनसँगै लगातार बृद्धि भएको सुनको मूल्य सोमबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य पाँच सय रुपैयाँले सस्तिएको छ ।



महासंघले जनाएअनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्दा सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि सस्तिएको छ । आइतबारको तुलनामा तोलामा चाँदी पाँच रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दसैँको बीचमा सुनको मूल्यमा निकै बढोत्तरी हुँदा चाँदीको मूल्य भने खासै घटबढ भएन । कात्तिक १ गते पनि चाँदीको मूल्य हालकै बराबर थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट