तीव्र उतारचाढवपछि एकल अंकले बढ्यो शेयर बजार-Sutra News

तीव्र उतारचाढवपछि एकल अंकले बढ्यो शेयर बजार

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

काठमाडौं । शेयर बजार एकल अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार ३.०४ अंकले बढ्दै बजार १८७८.७० को बिन्दुमा उक्लिएको छ ।



सोमबार बजारमा तिव्र उतारचढाव देखिएको थियो । बजार खुलेको ४७ मिनेटमै २१ अंकले घटेको बजार त्यसपछि तिव्ररुपमा बढ्दै घट्दै गरेको थियो ।

एकल अंकले बजार बढेपनि कारोबार रकम भने निकै घटेको छ । सोमबार २८ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ बराबरको रह्यो ।

सोमबार कारोबारमा आएका २३९ कम्पनीमध्ये ९७ कम्पनीको मूल्य घट्दा १२८ कम्पनीको भने मूल्य बढ्यो । १४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

कारोबारका हिसाबले साधना लघुवित्त, नेपाल लाइफ इन्स्यारेन्स, सिद्धार्थ बैंक, नबिल बैंक अगाडि रहे । सोमबार साधना लघुवित्त संस्थाको संस्थापन शेयर मात्रै दुई लाख कित्ता खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट