स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद र शेयर बोनस कति ?-Sutra News

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, नगद र शेयर बोनस कति ?

मंगलबार, १४ कार्तिक २०८०

मंगलबार, १४ कार्तिक २०८०

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।



कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आ.व. २०७९÷८० को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (कर सहित)ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रति शेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले यसपटक शेयर बोनस भने दिएको छैन ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट