सांग्रिलाले तिलगंगा अस्पताललाई गर्‍यो आर्थिक सहयोग-Sutra News

सांग्रिलाले तिलगंगा अस्पताललाई गर्‍यो आर्थिक सहयोग

मंगलबार, १४ कार्तिक २०८०

मंगलबार, १४ कार्तिक २०८०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वर्षमा प्रवेश सांग्रिला गरेको छ । सोमबार बैंकले आफ्नो १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो । बैंकले बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।



यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा आँखा अस्पताललाई दुई लाख मात्र आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिएकी थिइन् ।

साथै, बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट