उठ्न सकेन शेयर बजार, अधिकांश सूचक राताम्मे-Sutra News

उठ्न सकेन शेयर बजार, अधिकांश सूचक राताम्मे

मंगलबार, १४ कार्तिक २०८०

मंगलबार, १४ कार्तिक २०८०

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १४ दशमलव २९ अंकले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेको हो ।



आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह एक दशमलव ४६ र लघुवित्त समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घटनेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू एक करोड ७० लाख ११ हजार चार सय ७८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट