घट्यो डिजेल र मट्टीतेलको मूल्य, कुनको मूल्य कति ?-Sutra News

घट्यो डिजेल र मट्टीतेलको मूल्य, कुनको मूल्य कति ?

मंगलबार, १४ कार्तिक २०८०

मंगलबार, १४ कार्तिक २०८०

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।



घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने उनले बताए ।

निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको हो । मूल्य घटेसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । अन्य ठाउँमा भने वर्गअुनसार मूल्य निर्धारण भएको निगमले जनाएको छ ।

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । निगमले नेपाल सरकारलाई तिर्नुपर्ने ऋणको दायीत्व कायमै रहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट