वृष र वृश्चिककाे दिन निकै शुभ, अन्यकाे कस्ताे ?-Sutra News

वृष र वृश्चिककाे दिन निकै शुभ, अन्यकाे कस्ताे ?

बुधबार, १५ कार्तिक २०८०

बुधबार, १५ कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक १५ गते बुधबार । तदनुसार नाेभेम्बर महिनाकाे १ तारिख २०२३ । कार्तिक कृष्ण पक्ष चतुर्थी तिथि । आज बिहान ६ बजेर १३ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर २० मिनेटमा अस्ताउने छ ।



कुन राशिकाे दिन कस्ताे ?

मेष
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ।

वृष
मेहनतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। व्यवसायमा फाइदा कम उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।

मिथुन
दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। पेसा–व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्चिलो काम थालनी हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।

कर्कट
दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट आंशिक लाभ हुनेछ। श्रमअनुसार पूर्ण लाभ नहुन सक्छ। केही रकम हातलागी भए पनि तत्काल खर्च हुन सक्छ।

सिंह
मध्याह्नदेखि नयाँ काममा हातहाल्न सकिनेछ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ।

कन्या
दिउँसोदेखि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।

तुला
काममा दौडधुप गर्नुपर्ने हुन सक्छ। परिश्रमले थकित भइनेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृश्चिक
व्यापार बढ्नेछ भने यात्राको साइत पनि जुर्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त होला। मिहिनेत गर्दा उद्देश्य प्राप्त गर्न सफल भइनेछ।

धनु
दिउँसोदेखि स्थिति सामान्य बन्नेछ। आवश्यक भौतिक साधन जुट्नेछन् र चिताएको काम सम्पादन हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। मिहिनेत गर्दा पेसा–व्यवसायमा नयाँ काम थालनी हुन सक्छ।

मकर
पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

कुम्भ
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। आस लागेको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

मीन
सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुन सक्छ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट