काठमाडौं । दसैँ गएसँगै सुनको भाउ पनि सस्तिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो तीन दिनमा मात्रै सुन दुई हजार रुपैयाँले सस्तिएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रुपैयाँमा झरेको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ थियो ।
सोमबार र मंगलबार पाँच सयका दरले सुनको भाउ घटेको थियो । मंगलबारको तुलनामा बुधबार भने एक हजार रुपैयाँले घटेको महासंघले जनाएको छ ।
सुनको भाउ घटिरहँदा चाँदी भाउ पनि सस्तिन थालेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी तोलामै ३५ रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।