उठ्न सकेन शेयर बजार-Sutra News

उठ्न सकेन शेयर बजार

बुधबार, १५ कार्तिक २०८०

बुधबार, १५ कार्तिक २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजार घटेको छ । बुधबार ५.८३ अंकले घट्दै बजार १८५८.५६ को बिन्दुमा झरेको छ ।



बुधबार कारोबारमा आएका २३८ कम्पनीमध्ये १६२ कम्पनीको मूल्य घट्यो भने ६८ कम्पनीको मूल्यमा झिनो अंकले बृद्धि भयो । आठ कम्पनीको मूल्य भने आज स्थिर रह्यो ।

यस दिन ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड २० लाख ८९ हजार रुपैयाँको भयो । शेयर बजारमा विगत झण्डै दुई सातादेखि नै कारोबार रकम न्यून छ । बजारमा एक अर्ब बराबरको पनि कारोबार हुन सकेको छैन ।

घटेको बजारमा पनि यसदिन सयपत्री हाइड्रो, हिमालयन लघुवित्त र रावा हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा बढीले बृद्धि भयो भने सोनापुर मिनरल्स र सिदार्थ इक्वीटिको मूल्यमा ७ प्रतिशतभन्दा बढीले गिरावट भयो ।

समग्रमा बजारमा किन्नेभन्दा बेच्ने बढी देखिए । बुधबार सर्वाधिक कारोबार हुने कम्पनीमा सोनापुर मिनरल्स बन्याे । जसकाे ओपनिङ्गदेखि नै हालसम्म निरन्तर मूल्य घटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट