एमालेको चियापनमा पुगे प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा-Sutra News

एमालेको चियापनमा पुगे प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा

बुधबार, १५ कार्तिक २०८०

बुधबार, १५ कार्तिक २०८०

काठमाडाैं । नेकपा (एमाले)ले आयोजना गरेकाे चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी भएका छन् ।



एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले स्वागत गरेका थिए ।

एमालेकाे चियापानमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि पनि सहभागि भएका छन् ।

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट