मिथुन र मिनकाे दिन निकै लाभदायक, अन्य राशिकाे कस्ताे ?-Sutra News

मिथुन र मिनकाे दिन निकै लाभदायक, अन्य राशिकाे कस्ताे ?

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक १६ गते बिहीबार । तदनुसार नाेभेम्बर महिनाको २ तारिख २०२३ । कार्तिक कृष्ण पक्ष पञ्चमी तिथी । आज बिहान ६ बजेर १४ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर १९ मिनेटमा अस्ताउने छ ।



कुनकाे दिन कस्ताे ?

मेष
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ।

वृष
खर्चिलो काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ।

मिथुन
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ।

कर्कट
बिहान अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफ्नैले काममा बाधा पुर्याउनेछन्। तापनि वादविवादमा अघि नसर्नुहोला।

सिंह
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। भौतिक साधन जुट्नाले आँटेको काम गर्न सकिनेछ।

कन्या
स्वास्थ्य कमजोर हुनेछ। अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदा लिन उही काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

तुला
रमाइलो भेट भए पनि व्यावहारिक काम गर्ने समय छ। प्रियजनका लागि केही समय छुट्याउनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा अड्किएको काम बन्नेछ। पेसा–व्यवसायमा आंशिक लाभ हुनेछ।

वृश्चिक
रकम खर्च भए पनि काम अड्किन सक्छ। किनमेल गर्दा अनावश्यक सामानमा बढी खर्च हुनेछ। यात्राले थकित भइएला। बिहान जटिल काममा जुट्नुपरे पनि दिन उत्साहवर्द्धक रहनेछ।

धनु
श्रम परे पनि दिन उपलब्धिमूलक रहनेछ। तर अधैर्य व्यवहार दर्साउँदा बिहान भने काम बिग्रन सक्छ। व्यर्थैमा अरूको आलोचना सहन गर्नुपर्नेछ, सजग रहनुहोला।

मकर
काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग पाइनेछ। र, दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ।

कुम्भ
आँटेको काम गर्न बिहानै जुट्नुहोला। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर विशेष योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ।

मीन
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट