फेरि बढ्यो सुनको मूल्य-Sutra News

फेरि बढ्यो सुनको मूल्य

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिनदेखि घटिरहेको सुनको मूल्य बिहीबार पुनः बढेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामै सात सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सात सय रुपैयाँले बढ्दै बिहीबार प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बिहीबार ह्वात्तै बढेको छ । बुधबारको तुलनामा तोलामै २० रुपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार चार सय पाँच रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबारको तुलनामा बुधबार तोलामै ३५ रुपैयाँले चाँदीको मूल्य सस्तिएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको घटबढ र आन्तरिक बजारमा माग र सप्लाईमा फरक पर्दा मूल्य घटबढ हुने गरेको महासंघको भनाई छ । नेपाली बजारमा विशेषगरी चाडपर्वको समयमा सुनचाँदीको मूल्य बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट