जाडो मौसममा दमका रोगीलाई सबैभन्दा बढी जोखिम, के गर्ने, के नगर्ने ?-Sutra News

जाडो मौसममा दमका रोगीलाई सबैभन्दा बढी जोखिम, के गर्ने, के नगर्ने ?

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

जाडो मौसममा सबैभन्दा बढी दमका रोगीलाई सकस पर्ने गर्दछ । चिसो रहुन्जेल औषधी प्रयोग गरेपनि निको नहुने समस्याहरु देखिन्छन् ।



तथापी, केही घरेलु उपाय गरेको खण्डमा त्यस्ता रोगीलाई निकै राहत भने मिल्ने गर्दछ । आचार्य बालकृष्णले चिसो मौसममा दमका रोगले अपाउनुपर्ने केही उपाय सुझाएका छन्, जसबारे यहाँ चर्चा गरिएको छ ।

सानो पिप्पली १ नग लिएर गाईको दुधमा १० देखी १५ मिनेटसम्म उमाल्ने । उमालेर पहिले पिप्पली खाएर, सो दुध पिउने । अर्को दिन २ पिप्पली लिएर दुधमा राम्रोसँग उमालेर पहिल्यै नै १ पिप्पली खाने र फेरी दुध पिउने । यसै तरिकाले ७ देखी ११ पिप्पली सम्म सेवन गरेर क्रमशः कम गर्दै जाने, अर्थात जसरी एक एक पिप्पली प्रतिदिन बढाइएको थियो, त्यस्तै प्रकारले ११ पिप्पली कम गर्दै गएर १ नगमा फर्किने ।

यदि धेरै गर्मी नलागेमा १५ दिनसम्म १५/१५ पिप्पली पनि एक पटकमा लिन सकिन्छ । धरै गर्मी लागेमा ७ वा ११ दिनमा नै पिप्पली रोकेर पुनः क्रमश १ पिप्पलीमा फर्कने । यसरी पिप्पलीयुक्त दुध बिहानको समयमा सेवन गर्ने र १० दिनसम्म सादा आहार खाने । घिउ, तेल, र कुनै प्रकारको अमिलो र चिसो पदार्थहरु नखाने ।

यसो गर्दा कफ, दम, पिनास, रुघा र पुरानो खोकीलाई निको हुन सहयोग पुर्याउँछ । यसले मदाग्नि, ग्याँस, अपचन, आदि रोगहरु पनि हटाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट