दसैँपछि उठ्नै सकेन नेप्से, पाँच दिनमा ५६ अंकले गिरावट-Sutra News

दसैँपछि उठ्नै सकेन नेप्से, पाँच दिनमा ५६ अंकले गिरावट

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं । शेयर बजार निरन्तर ओरालो यात्रामा छ । दसैँ बिदापछि खुलेको बजारमा ५६.१२ अंकले गिरावट आएको छ ।



दसैँ बिदापछि शेयर बजार कात्तिक १२ देखि खुलेको थियो । कारोबार खुलेको पहिलो दिनमै २८.१८ अंकले गिरावट आएको थियो । कात्तिक १३ मा ३.०४ अंकले बृद्धि भएपनि त्यसयता बजार निरन्तर घटिरहेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार घटेर बन्द भएको बजार साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको छ । आइतबार १९०३.८४ अंकमा ओपन भएको बजार बिहीबार आउँदा १८४७.७० को अंकमा बन्द भएको छ ।

दैनिक कारोबार एक अर्ब पनि हुन सकेन

दसैँपछिको कुनै पनि दिन शेयर बजारमा दैनिक कारोबार एक अर्ब पनि हुन सकेन । आइतबार ७३ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यसयता योबीचमा मंगलबार सबैभन्दा न्यून ५४ करोड ६८ लाख रुपैयाँको कारोबार भयो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार ९६ करोड ४४ लाखको शेयर कारोबार भयो । जुन साताभरकै सबैभन्दा धेरै रहेको नेप्सेले जनाएको छ ।

तथापी, एक अर्बसमेत कारोबार हुन नसक्नुले लगानीकर्तामा चरम निराशा भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट