काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले खुद नाफा २०.१८ प्रतिशत बढेर ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत घटेर १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अबए ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेर ३० करोड २५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेर १ अर्ब ८० करोड २२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेर ७८ करोड ३५ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ, जगेडा कोष १५.६७ प्रतिशत घटेर ४ अर्ब ९७ करोड ७ लाख रुपैयाँ, निक्षेप संकलन ३.४५ प्रतिशत घटेर १ खर्ब ४८ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ३.४४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ।
असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर वितरण गरी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.४५ प्रतिशत घटेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ।