पोल्ने धुँवाले ढाकेपछि नयाँदिल्लीमा सकस, बन्द गरिए विद्यालयहरु-Sutra News

पोल्ने धुँवाले ढाकेपछि नयाँदिल्लीमा सकस, बन्द गरिए विद्यालयहरु

शुक्रबार, १७ कार्तिक २०८०

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं । विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा विद्यालयहरु बन्द गरिएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार पोल्ने धुवाँयुक्त वायुले विद्यार्थीहरु बिरामी हुन थालेसँगै विद्यालय बन्द गरिएको हो ।



विद्यालय बन्द गरेपनि विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको जनाइएको छ ।

किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।

अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।

नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबारदेखि राजधानीका सबै प्राथमिक विद्यालय बन्द गर्न आह्वान गरेका थिए । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट