काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल र मीना ढकालबीच वैवाहिक सम्बन्ध टुटेको पनि ६ वर्ष बितिसक्यो । सम्बन्ध विच्छेदपछि मनोजले दोस्रो विवाह पनि गरिसके । तर, ६ वर्षपछि पनि दुईबीचको सम्बन्धलाई लिएर विवाद कायमै छ । साथै, सामाजिक सञ्जाल बेला–बेला तातिरहेको छ ।
यहीबीच मनोज तथा मीनाका छोरा मिरोज गजुरेलले एक र्याप गित सार्वजनिक गरेका छन् । जुन गीतले सामाजिक सञ्जाल निकै तातेकाे छ । कारण गीतमा उनले आमा र बाबुबीचकाे सम्बन्धबारे कुरा खाेलेकाे छन् ।
गीतमार्फत मिराेजले बाल्यकालदेखि नै आफूहरुलाई आमाले यातना दिएको अनि बाबुलाई पीडित बनाएको कुरा खुलाएका छन् । उनले आफूहरुलाई आमाले तल्लो खालको गाली गर्ने गरेको पनि बताएका छन् ।
उनले आमा मीनाबाट बाबु मनोज सधैँ पीडित रहेको बताएका छन् । “घरको इज्जत” भन्दै बाबुले समस्याहरु बाहिर नल्याएको भएपनि बाबुलाई आमाले निकै पीडा दिएको कुरा उनले खुलाएका छन् ।
तथापी उनले बाबु–आमाको सम्बन्धका बारेमा अनावश्यक विवाद नबनाउन पनि सबैसँग आग्रह गरेका छन् । आफू कान्छी आमा र बाबुकै मायामा बस्ने भन्दै उनले मीना (आमा)को पछि नलाग्न यूट्युबरलाई आग्रह गरेका छन् ।
छोराको गीतका बारे भने मीनाले ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्दै टिकटकबाटै खण्डन गरेकी छिन् ।
सामाजिक सञ्जालबाट प्राप्त गीत
https://www.youtube.com/watch?v=fB0j_97toVo