ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बाेनस र नगद कति ?-Sutra News

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बाेनस र नगद कति ?

आइतबार, १९ कार्तिक २०८०

आइतबार, १९ कार्तिक २०८०

काठमाडाैं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।



बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी सत्रौँ वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट