सुनको मूल्य स्थिर हुँदा ह्वात्तै बढ्यो चाँदीको मूल्य-Sutra News

सुनको मूल्य स्थिर हुँदा ह्वात्तै बढ्यो चाँदीको मूल्य

आइतबार, १९ कार्तिक २०८०

आइतबार, १९ कार्तिक २०८०

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी महासंघले जनाएअनुसार शुक्रबारदेखि मूल्यमा घटबढ भएको छैन ।



आइतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य केही सयले बढेको थियो ।

आयतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने ह्वात्तै बढेको महासंघले जनाएको छ । शुक्रबारको तुलनामा तोलामै २५ रुपैयाँले बढ्दै चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार पछिल्लो साताभर नै चाँदीको मूल्यमा तिव्र उतारचढाव आएको थियो । तथापी, आइतबार एक साताअघिकै स्थितिमा चाँदीको मूल्य पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट