कसरी बढाउन सकिन्छ याैन क्षमता ? थाहा पाउनुहाेस् ७ उपाय-Sutra News

कसरी बढाउन सकिन्छ याैन क्षमता ? थाहा पाउनुहाेस् ७ उपाय

आइतबार, १९ कार्तिक २०८०

आइतबार, १९ कार्तिक २०८०

यौन क्षमता प्रत्येक व्यक्तिको स्वास्थ्यसँग सम्बन्धित हुन्छ । स्वस्थ व्यक्ति पूर्णरुपमा यौन क्रियाकलाप गर्न सक्षम हुन्छ तर, अस्वस्थ व्यक्ति सक्षम हुँदैन । तथापी, यौन क्षमतामा कहिलेकाहीँ अन्य कारकले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यहाँ यस्ता विषयबारे चर्चा गरिएको छ, जसबाट तपाईंमा यौन क्षमता बृद्धि गर्न मद्दत मिल्नेछ । जानौ केही उपाय–



१. दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस्। यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ।

२. तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस्। जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न। तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन।

३. चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ। जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ। जसले गर्दा कामोत्तेजना जाग्दैन। कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन। त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस्।

४. एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।

५. बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ। एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन्।

६. व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ। हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ।

७. छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस्। किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ। यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ। रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट