आजकाे राशिफल : कुनकाे दिन कस्ताे ?-Sutra News

आजकाे राशिफल : कुनकाे दिन कस्ताे ?

सोमबार, २० कार्तिक २०८०

सोमबार, २० कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक २० गते सोमबार । तदनुसार नाेभेम्बर महिनाको ६ तारिख २०२३ । कार्तिक कृष्ण पक्ष नवमी तिथि । आज बिहान ६ बजेर १७ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर १६ मिनेटमा अस्ताउने छ ।



मेष
साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

वृष
मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

मिथुन
स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ। आजको कामले दिगो फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिएला।

कर्कट
पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमीकमजोरीमा सुधार आउनेछ। प्रयत्न गरेको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

सिंह
आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

कन्या
आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ।

तुला
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

वृश्चिक
काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

धनु
केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

मकर
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

कुम्भ
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ।

मीन
व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट