काठमाडौं । क्यारिना बचत तथा ऋण सहकारी संस्था लि., पुल्चोक, ललितपुरको पन्ध्रौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
धोविघाट, ललितपुर स्थित सिद्धार्थ कटेजमा शनिबार आयोजित सो साधारण सभाले चालु आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम, बजेट छलफल पारित गरेको छ भने लेखा समिति प्रतिवेदन तथा आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पनि पारित गरेको छ ।
त्यसैगरी, साधारण सभाले चालु आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गरेको छ । चालु आ.व. मा संस्थाले १०.५ प्रतिशत लाभांश समेत वित्तरण गर्दै विविध विषयहरु समेत साधारण सभामा पारित भएको छ ।
चालु आ.व. मा संस्थाको वासलात हिसाव अन्तरगत शेयर पुँजी ४ करोड ९३ लाख ७० हजार २ सय रुपैयाँको भएको छ भने जगेडाकोषहरु ४ करोड ७१ लाख ४ हजार ९ सय ५६ रुपैयाँ भएको छ ।
यसैगरी, निक्षेप दायित्व तर्फ चालु आ.व. मा ४५ करोड ८७ लाख ११ हजार ६ सय ४३ रुपैयाँको भएको सो सहकारीको अन्य विविध कारोवार हुँदै कुल पुँजी तथा दायित्व ६२ करोड ७८ लाख ८७ हजार ७ सय ३० रुपैयाँ भएको छ । साधारण सभाले अन्य विविध कार्यक्रम गर्दै संस्थाका अध्यक्ष चेतबहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको थियो ।