श्री भृङ्गेश्वर महादेव बचतमा पुनः महर्जनको नेतृत्व-Sutra News

श्री भृङ्गेश्वर महादेव बचतमा पुनः महर्जनको नेतृत्व

आइतबार, १९ कार्तिक २०८०

आइतबार, १९ कार्तिक २०८०

काठमाडौं । सुनाकोठी, ललितपुरमा रहेको श्री भृङ्गेश्वर महादेव बचत तथा ऋण सहकारी संस्था लि., ललितपुरको एघारौं वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि पुनः हरि गोविन्द महर्जनलाई चयन गरेको छ ।



साधारण सभाले संस्थाको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ भने आ.व.२०८०/०८१ को नीति तथा कार्यक्रम सम्बन्ध हुँदै कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समेत पारित गरेको छ ।

साथै, लेखा परिक्षण प्रतिवेदनको साथै आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गरेको छ । साधारण सभाले अन्य विविध विषयहरु समेत पारित गरि संस्थाको निर्वाचन समेत सम्पन्न भएको हो ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसावमा चालु आ.व. मा संस्थाको शेयर पुँजी २९ करोड १ लाख ६ सय रुपैयाँको भएको छ भने जगेडाकोष २ करोड ८० लाख ३२ हजार ५ सय १६ रुपैयाँ ४७ पैसाको भएको छ । बचत दायित्व ४२ करोड ३५ लाख ६ हजार २ सय २६ रुपैयाँ ७३ पैसाको भएको सो सहकारीको अन्य विविध कारोवार गरि चालु आ.व. मा संस्थाको कूल कारोवार ५० करोड ४३ लाख ९० हजार ४४ रुपैयाँ ८९ पैसाको भएको छ ।

साधारण सभाले संस्थाको संचालक समितिको अध्यक्षमा महर्जन हुँदै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा संचालक सदस्यहरु समेत चयन गरि लेखा संयोजक तथा सदस्यहरु समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट