एनआईसी एशिया बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि ५१ लाख हस्तान्तरण-Sutra News

एनआईसी एशिया बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि ५१ लाख हस्तान्तरण

सोमबार, २० कार्तिक २०८०

सोमबार, २० कार्तिक २०८०

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले ५१ लाख नगद सहयोग प्रदान गरेको छ ।



बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको हो ।

उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।

शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट