काठमाडौं । अष्ट्रेलियाको एडिलेडमा भएको सांगितिक कार्यक्रमपछि विवादमा तानिएका गायक सुगम पोखरेलले माफी मागेका छन् । नेपाल ट्युब, अष्ट्रेलियालाई प्रतिक्रिया दिँदै उनले आफ्नै कारण घटना भएको बताए ।
रक्सी पिएर भावनामा बग्दा उक्त घटना भएको उनले बताएका छन् । “मबाटै गल्ती भएको हो, म अलिकति भावना बगेँ, मेरो भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन”, उनले भनेका छन्, “मैंले पिउनु हुँदैनथ्यो त्यो दिन, मलाई माफी गरिदिनुहोस् ।”
तथापी, आफ्नो नियत गलत नरहेको उनको भनाई छ । “नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भा‘थ्यो, मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छु, उता त्यस्तो भइरहेको छ, कत्तिको आफ्नो परिवार बित्नुभएको छ, मैले सोचें– एकछिन मौन धारण गरुँ”, उनले भनेका छन् ।
घटना लगत्तै पोखरेलले एडिलेडको सांगितिक कार्यक्रममा आफ्नो कारण विवाद नभएको भन्दै भिडियो सार्वजनिक गरेका थिए । उक्त घटनामा जोडिनेहरु ‘संवेदनाहिन’ भएको आरोप लगाएका थिए ।
तर, सार्वजनिक भिडियोमा उनी रक्सिले मातिएर वेपरबाह भएको देखिन्छ । जसको निकै विरोध भएको छ ।
पोखरेलले आगामी दिन आफूलाई कन्ट्रोलमा राख्ने पनि प्रतिबद्धता जनाएका छन् । छोरीलाई सम्झँदै उनले रक्सी छाड्ने पनि बताएका छन् ।
याे पनि…
https://sutranews.com/195436/2023/05/