प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सानिमाले २५ लाख सहयोग गर्ने-Sutra News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सानिमाले २५ लाख सहयोग गर्ने

मंगलबार, २१ कार्तिक २०८०

मंगलबार, २१ कार्तिक २०८०

काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिमका लागि सानिमा बैंकले २५ लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।



बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

शुक्रबार कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट