आरती साह मृत्यु प्रकरण: हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का-Sutra News

आरती साह मृत्यु प्रकरण: हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का

मंगलबार, २१ कार्तिक २०८०

मंगलबार, २१ कार्तिक २०८०

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएका छन् । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सोमबार एसपी खड्कालाई जिम्मेवारीबाट हटाउँदै हेडक्वार्टर तानेकाे हाे ।



जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेराफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो। झडपका क्रममा आरती साहकाे माइती पक्षमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ।

सोमबार मात्रै गृहमन्त्री श्रेष्ठले साहको परिवारलाई वार्तामा आउन आग्रह गरेका थिए। तर, माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएका थिए ।

गत जेठ ७ गते साह आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्। सो प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो।

मृत्यु शंकास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप छ। आरती साहको माइतीपक्ष असार १ गतेदेखि माइतीघर मण्डलमा अनसन बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट