काठमाडौं । टिकटक लाइभमा अश्लिलता प्रदर्शन गरेको भन्दै कारबाही परेकी नेतृ शान्ति बरालले आफूलाई फसाइएको बताएकी छिन् । उनले टिकटकमा आफ्नो नामबाट अश्लिल भिडियो बनाई फसाइएको बताएकी छिन् । सार्वजनिक भिडियो आफ्नो नभएको उनको जिकिर छ ।
“हालै विभिन्न सामाजिक सञ्जालहरूमा आएको मेरो नामको भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ”, घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छिन्, “उक्त भिडियो आफ्नो नभएको र हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको आमजनसमुदायमा जानकारी गराउन चाहन्छु ।”
बरालले चरित्रहत्या गर्ने उद्देश्यले आफू विरोधी मानिसहरूले त्यस्तो भिडियो राखेको दाबी गरेकी छिन् ।
उनले आफू राजनीतिक कार्यकर्ता भएको र नियमित टिकटक प्रयोगकर्ता भई आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी अकाउन्ट सञ्चालन गरेको उल्लेख गरेकी छिन् । टिकटकमार्फत आफ्नो सामाजिक सम्पर्क तथा समर्थकहरू देखेर पहिलेदेखि नै विरोधीहरूले चरित्रहत्या गर्ने धम्की दिँदै आएको उनको भनाइ छ ।
“केही उच्छृङ्खल व्यक्तिहरूले भिडियाेलाई सम्पादन गरी अश्लील बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएको छ”, उनले भनेकी छिन् ।
बरालले उक्त भिडियो अपलोड गर्ने व्यक्तिले आफ्नो चरित्रहत्या गरेकाले कानूनी उपचार खोज्नेसमेत बताएकी छिन् । तथापी, उनी आफैंले सामाजिक सञ्जालमा पोष्ट गरेको कतिपय फोटो तथा भिडियो असामान्य खालकै देखिन्छन् ।
सम्बन्धित समाचार
https://sutranews.com/195615/2023/06/