सिंह र कुम्भकाे दिन लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

सिंह र कुम्भकाे दिन लाभदायक, अन्यकाे कस्ताे ?

बुधबार, २२ कार्तिक २०८०

बुधबार, २२ कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक २२ गते बुधबार । तदनुसार नाेभेम्बर महिनाकाे ८ तारिख २०२३ । कार्तिक कृष्ण पक्ष दशमी तिथि । आज बिहान ६ बजेर १८ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर १५ मिनेटमा अस्ताउने छ ।



कुनकाे दिन कस्ताे ?

मेष
समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

वृष
मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

मिथुन
चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।

कर्कट
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। प्रयत्न गर्दा पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। आजकै उपलब्धि भने कमजोर देखिनेछ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला।

सिंह
आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कन्या
ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

तुला
मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

वृश्चिक
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।

धनु
मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आजको मिहिनेतले भविष्यमा उपलब्धि दिलाउनेछ।

मकर
काममा परिवारजनको साथ जुट्नेछ। मध्याह्नदेखि स्वास्थ्य कमजोर रहननेछ। काम गर्न समय लाग्नेछ। तापनि सम्भावना खोजी गर्ने समय छ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, लाभ उठाउन सकिनेछ।

कुम्भ
मध्याह्नदेखि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेका समस्या समाधान हुनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

मीन
मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउने समय छ। दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर पनि प्राप्त हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट