उपत्यका प्रहरी कार्यालयलाई कामना सेवाले गर्‍यो सहयोग-Sutra News

उपत्यका प्रहरी कार्यालयलाई कामना सेवाले गर्‍यो सहयोग

बुधबार, २२ कार्तिक २०८०

बुधबार, २२ कार्तिक २०८०

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ ।



उक्त कन्ट्रोल रुमको सबलीकरण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण रहेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रहरी कन्ट्रोल रुमको सबलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नुका साथै प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको बताए ।

बैंकले आफ्नो स्थापनाको वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । आगामी बिहीबार सम्म बैंकले विभिन्न कार्यक्रमहरू गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट