रूसलाई उत्तर कोरियाले दियाे अत्याधुनिक हतियार, राष्ट्रसंघ गुहार्ने पक्षमा जी-७-Sutra News

रूसलाई उत्तर कोरियाले दियाे अत्याधुनिक हतियार, राष्ट्रसंघ गुहार्ने पक्षमा जी-७

बुधबार, २२ कार्तिक २०८०

बुधबार, २२ कार्तिक २०८०

काठमाडाैं । जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाले रुसलाई हतियार सहयाेग गरेकाेमा ‘कडा निन्दा’ गरेका छन् । उत्तरकाे कदमले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको उनीहरूकाे निष्कर्ष छ ।



युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रुसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको सोलको जासुसी एजेन्सीलाई उद्धृत गर्दै दक्षिण कोरियाका एक सांसदले यसै महिनाको सुरुमा खुलासा गरेकाे थियाे ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गरेका थिए । त्यसपछि प्योङयाङले मस्कोलाई हतियार प्रदान गर्न सुरु गरेको वासिङ्टनले दावी गरेको थियो ।

आक्रामक हुँदै गएको चीनसँग कसरी राम्रो तरिकाले संलग्न हुन सकिन्छ भन्नेबारे पनि जी–७ को बैठकमा चर्चा भएको थियो । “विश्वव्यापी चुनौतीहरूका साथै साझा चासोका क्षेत्रमा चीनसँग मिलेर काम गर्ने आवश्यक्तालाई स्वीकार गर्दै विदेशमन्त्रीहरूले चीनसँग स्पष्टरूपमा संलग्न हुने र हाम्रा चासोहरूलाई सिधै व्यक्त गर्ने महत्वलाई एक पटक पुनः पुष्टि गर्नुभएको छ”, जापानले भनेको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट