मृगाैलामा समस्या हुँदै गरेकाे कसरी थाहा पाउने ?-Sutra News

मृगाैलामा समस्या हुँदै गरेकाे कसरी थाहा पाउने ?

बुधबार, २२ कार्तिक २०८०

बुधबार, २२ कार्तिक २०८०

लाखौं मानिसहरू विभिन्न प्रकारका मृगौला रोगहरूसँग बाँचिरहेका छन् । तर, तिनीहरूमध्ये धेरैलाई थाहा हुँदैन । यही कारणले गर्दा मिर्गौला रोगलाई प्रायः ‘साइलेन्ट किलर’ भनेर पनि चिनिन्छ । यो गम्भीर अवस्थामा नपुग्दासम्म अधिकांश मानिसहरूलाई यो रोगबारे थाहा हुँदैन।



तथापी, मृगाैला राेग लाग्दै गरेकाे अवस्थामा केही लक्षणहरू भने स्पष्ट देखिने गर्दछन् । जसलाई समयमै पहिचान गर्न सके राेगलाई निकाे पार्न पनि सकिन्छ ।

थाहा पाउनुहाेस् देखिने परिवर्तन

पिसाबकाे रंग परिवर्तन

यदि तपाइँ धेरै कम वा धेरै पिसाब गर्दै हुनुहुन्छ, वा तपाइँको पिसाब कालो, फेन वा रगतयुक्त छ भने यो मृगौला राेगकाे संकेत हुन सक्छ। जुन तपाइँलाई यसअघिभन्दा केही अस्वभाविक लाग्न सक्छ ।

अस्वभाविक गन्ध

यदि तपाईंको पिसाबकाे गन्ध स्वभाविक छैन र नराम्रो गन्ध अाइरहेकाे छ भने जुन मृगाैलामा समस्या हुँदै गरेकाे संकेत पनि हुनसक्छ । तपाइँ स्वयंले यसबाट थाहा पाउन सक्नुहुन्छ ।

पेट दुख्ने

मृगौला समस्याकाे बेला पेट दुख्ने संकेत पनि देखिने गर्दछ । बिनाकारण पेट दुख्नु पनि मृगाैला राेगकाे संकेत हाे ।

थकान र कमजोरी

बिहान उठेपछि पनि थकान र कमजोरी महसुस भएमा यो मृगौला समस्याको संकेत हुन सक्छ ।

पहेंलो छाला

मृगाैला समस्याले छाला पहेँलो हुन सक्छ, जसलाई जन्डिस भनिन्छ।

मृगौला समस्याका यी लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन र यी समस्याहरूको समयमै पहिचान र उपचारले मद्दत गर्न सक्ने भएकाले आफ्नो डाक्टरसँग परामर्श लिनु महत्त्वपूर्ण छ। यस रोगको सफल उपचार आयुर्वेदमा वर्णन गरिएको छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट