काठमाडौं । दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन उच्च बिन्दुमा पुगेको सुनको भाउ त्यसयता क्रमशः सस्तित थालेको छ । कात्तिक ११ मा तोलाकै एक लाख १७ हजार पुगेको सुनको भाउ १० दिनको बीचमा झण्डै साढे दुई हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १४ हजार सात सय रुपैयाँ छ । जुन मूल्य झण्डै तीन साता यताकै कम हो ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि सस्तिएको छ । पछिल्लो तीन दिनमा मात्रै चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।
बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बजारमा माग घट्दा मूल्य घटेको महासंघको भनाई छ ।