प्रहरीबाटै लुटपाटको घटना : असईसहित पाँचै जना कारागार चलान-Sutra News

प्रहरीबाटै लुटपाटको घटना : असईसहित पाँचै जना कारागार चलान

बिहिबार, २३ कार्तिक २०८०

बिहिबार, २३ कार्तिक २०८०

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा भएको लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतले पाँचै जनालाई कारागार चलान गरेको छ ।



लुटपाट घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई सुनबहादुर तामाङ, सहायक हवल्दार खगराज अधिकारी, जवान भुवन बराल, मदन पुरी र सन्तोष पुरीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

न्यायाधीश कपिलमणि गौतमको इजलासले कारागार चलानको आदेश गरेको हो ।

उनीहरुले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा टयाक्सीमा आएका तीन महिला र एक जना पुरुषलाई रोकेर लुटपाट गरेका थिए । प्रहरीबाटै लुटपाटमा परेपछि पीडित कुमार रोकाले जाहेरी दिएका थिए ।

जाहेरीकर्ताले दिएको निवेदनअुसार प्रहरीको समूहले साढे १७ हजार रुपैयाँ लुटपाट गर्नुको साथै थप डेढ लाख रुपैयाँ मागेका थिए । १७ हजार दिएपछि इसेवामार्फत २५ हजार ट्रान्सफर गरिएको जाहेरीमा उल्लेख छ ।

प्रहरीबाटै आफू लुटिएपछि रोकाले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे बताएका थिए । जुन घटनापछि असोज २३ मा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानमा लुटपाट गरिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट