काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको हाे ।
आदेशमा २०८० मङ्सिर २२ गते कार्यालय समय भित्र जाहेरवाला, बादी नेपाल सरकार र प्रतिवादीको तर्फबाट लिखित बहस नोट पेस गर्न लगाई मिसिल सामेल गर्न भनिएको छ ।
यो विवादको निरुपण न्यायाधीश घिमिरेको इजलासले नै गर्नेछ ।
यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गर्ने आदेश गरेको थियो ।