शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बाेलायाे वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?-Sutra News

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बाेलायाे वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

शुक्रबार, २४ कार्तिक २०८०

शुक्रबार, २४ कार्तिक २०८०

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो ।



सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

जसमा १०.५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँबराबरको नगद लाभांश छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार मंसिर १० गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट