काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ६५ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनाकाे अवधिमा साे रकम भित्रिएकाे हाे । राष्ट्र बैंकले जनाएअनुसार चालु आर्थिक वर्षमा भित्रिएको रकम गत वर्षकाे साेही अवधिभन्दा ३० प्रतिशतले बढी हाे ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ खर्ब ८१ अर्ब रूपैयाँको रेमिट्यान्स भित्रिएको थियो।
यस वर्ष मासिक औसत एक खर्ब २१ अर्बको दरमा रेमिट्यान्स भित्रिरहेको छ। राष्ट्र बैंकले जनाएअनुसार असोजको एक महिनामा मात्रै एक खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १,४७,९३२ र ५७,८६१ रहेको थियो।