एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य-Sutra News

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य

शुक्रबार, २४ कार्तिक २०८०

शुक्रबार, २४ कार्तिक २०८०

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य चयन भएका छन् । बैंक सञ्‍चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वैद्यलाई अध्यक्षमा चयन गरेको हो।



साथै, उनले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्षदेखि बैंक सञ्चालक समिति सदस्य रहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् ।

साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए । अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगती गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो र विश्वासिलो बन्दै बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट