यी १० नियम, जुन पालना गरे भइन्छ सधैँ स्वस्थ र जवान !-Sutra News

यी १० नियम, जुन पालना गरे भइन्छ सधैँ स्वस्थ र जवान !

शुक्रबार, २४ कार्तिक २०८०

शुक्रबार, २४ कार्तिक २०८०

मानिसहरु कसरी स्वस्थ रहने भन्ने कुरा उसको दैनिकी र खानपानमा निर्भर हुन्छ । अन्य समस्याहरु नदेखिएको खण्डमा व्यक्तिले आफ्नो दैनिकलाई व्यवस्थित बनाउन सके लामो समयसम्म स्वस्थ र जवान भइरहन सक्छ ।



स्वास्थ्य विज्ञहरुले केही सुझाब दिएका छन्, जसलाई पालना गर्न सके व्यक्ति लामो समयसम्म स्वस्थ र जवान भइरहन सक्छ । थाहा पाइराख्नुहोस्, विज्ञहरुले दिएका सुझाब–

१. खानामा सकेसम्म कम नुनको प्रयोग गर्नुहोस् । मिलेसम्म सिदेनुनको प्रयोग गर्नुहोस् ।

२. रातीको खाना खाएपछि लगत्तै आराम नगर्नुहोस् । खाना अबेर ढिला नखानुहोस् ।

३. खाना खाएको आधा वा एक घण्टापछि पानी पिउने गर्नुहोस् । खाना खानासाथ पानी पिउँदा पाचन शक्ति कमजोर हुने, पेट बढ्ने तथा मोटोपन पनि बढ्दछ ।

४.स्वस्थ्य जीवनका लागि दिनमा तीनदेखि चार लिटर पानी पिउन जरुरी हुन्छ । यसले पेटसम्बन्धी धेरै प्रकारका विमार लाग्नबाट बचाउँछ ।

५. बिहान उठ्नासाथ मनतातो पानी पिउनु लाभदायक हुन्छ । साथै चिसो पानीले मुख धुँदा आँखाको रोशनी बढ्दछ ।

६. खाना पकाउदाँ रिफाइन्ड तेल भन्दा पनि घिउँ, वा तोरीको तेल प्रयोग गर्नु उचित हुन्छ । रिफाइन्ड तेल धेरै केमिकल प्रोसेसका कारण बन्ने हुनाले स्वस्थ्यका लागि राम्रो मानिदैन ।

७. खानामा विभिन्न प्रकारका तरकारी र सलाद समावेश गर्नु फाइदाजनक हुन्छ । यस्ता खानेकुरामा भिटामीन, मिनरल्स पाइन्छ ।

८. दैनिक जीवनमा चिनी, नुन, मैदा लगायतका खानेकुरा कम गर्नु नै उचित हुन्छ । यी खानेकुरामा बढी क्यालोरी पाइने र फाइबर कम हुने हुनाले यसको बढी प्रयोगले कब्जियत, मोटोपन लगायतका समस्या उत्पन्न हुन्छन् ।

९. रातीको खानामा सकेसक्म राजमा, दही र भात नखाएकै राम्रो । आयुर्वेदका अनुसार रातमा यस्तो खानेकुरा खाँदा ग्याष्टिक र मोटोपन बढ्ने समस्या हुन्छ । यी खानेकुरा दिउँसोमा खाँदा उत्तम हुने स्वास्थ्यविज्ञ बताउँछन् ।

१०. प्राय व्यक्तिले बिहानीको सुरुवात चिया र कफीबाट गर्ने गर्दछन् । तर, पनि स्वास्थ्य विज्ञले बिहान खालीपेट चिया कफी नपिउन सुझाव दिन्छन् । खाली पेटमा चियाँ र कफी पिउनाले पेटमा एसिड बढ्ने र भोक कम कम लाग्दछ । यदि चिया कफी पिउनु नै छ भने पहिले केही नास्ता खाएर पिउनु राम्रो हुने बताइन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट