मुटु जोगाउनु छ भने त्याग्नुस् यी १० बानी-Sutra News

मुटु जोगाउनु छ भने त्याग्नुस् यी १० बानी

मंगलबार, २८ कार्तिक २०८०

मंगलबार, २८ कार्तिक २०८०

स्वस्थ जीवनका लागि स्वस्थ जीवनशैली नै मुख्य कुरा हो । हामीले स्वस्थ खालको आनीबानी बनायौं भने हामी स्वस्थ रहन सक्छौं ।



मुटुलाई स्वस्थ राख्ने सन्दर्भमा पनि स्वस्थ जीवनशैली नै मुख्य कुरा बन्न जान्छ । हाम्रा दैनिक खानपान, क्रियाकलाप सही भएको खण्डमा हाम्रो मुटु पनि स्वस्थ हुन्छ । यहाँ मुटु स्वस्थ राख्नका निम्ति केही खराब बानीलाई त्याग्न सुझाइएको छ । थाहा पाउनुहोस् मुटु स्वस्थ राख्न कस्ता बानी त्याग्नुपर्छ –

१. चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्याउँछ र मुटुमा असर पुग्छ ।

२. चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।

३. धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् ।

४. धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।

५. शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ ।

६. धेरै खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।

७. राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् ।

८. दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।

९. निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ ।

१०. जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु(याएर मुटुमा समस्या ल्याउँछन् । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट