समाजमा धेरै जल्दा बल्दा विषय छन् बहसका लागि । तर, समाजमा एउटा सामान्य विषय चाइनिज एप (टिकटक) बन्दबारे विभाजित छ । पक्ष र विपक्षमा बहस जारी छ ।
एउटा पक्ष टिकटकका धेरै सकारात्मक पक्षहरू देख्छ । जस्तो कि व्यक्तिगत क्षमता प्रदर्शन गर्ने, कौशलता देखाउने, व्यापार/व्यवसाय प्रवर्द्धन गर्ने, सूचना सम्प्रेषण गर्ने, मनोरञ्जन लिने–दिने महत्वपूर्ण प्लेटफर्म ठान्छ । आलोचकहरू यसले सामाजिक सद्भाव बिगारेको, अश्लिलता प्रदर्शन गरेको, केटाकेटीहरूको पढाईमा बाधा पुगेको जस्ता आरोप लगाउँछन् । सरकारले बन्द गर्ने निर्णय गर्दा उनीहरूले त्यसलाई सकारात्मकरूपमा लिएका छन् । वास्तवमा हो चाहिँ के ? यसलाई तीन वटा पाटामा विश्लेषण गर्ने जमर्को गरिएको छ ।
१) शासक/सत्ताधारीको पाटो
२) प्रजातन्त्रको पाटो/स्वछन्दताको पाटो
३) अश्लिलताको पाटो
पहिलो कुरा;
बन्द गर्ने हो भने धेरै कुराहरू छन् । देशमा कुशासन बन्द गरे हुन्छ । भ्रष्टाचार बन्द गरे हुन्छ । बेइमानी घटाए हुन्छ । टिकटकले राज्यका काला कर्तुत बुलन्द बनायो । सत्ता वा शासकहरू तिल्मिलाए । जनस्तरबाट उठेका आवाजलाई व्यवस्थाविरुद्धका आवाज भन्न लागे । जनताको सहज पहुँच भएको एपबाट सरकारलाई खरो खबरदारी भयो । यसले अपारदर्शी व्यवहार गर्ने व्यक्ति वा नेताको अपारदर्शी पाटो उदाङ्ग गरिदियो । शासकहरू यसबाट डराए । सुशासनको विषयलाई उनीहरूले अन्यत्र मोडे । कुशासनको विषय उठाउँदा उनीहरू डराए । आफू सुध्रिनुको सट्टा जनताको आवाज उठाउने माध्यमलाई बन्द गर्न खोजे ।
मानिसहरूको निराशा सरकारसँग छ । पुराना पार्टीहरूसँग छ । नेतृत्व र नेताहरूसँग छ । टिकटक बन्द गरेर कुशासनलाई ढाकछोप गर्न खोजेको हो की भन्ने एक थरिको बुझाई छ । यदि त्यसो हो भने गलत हुन्छ । टिकटक बन्द गर्दैमा केही हुन्न सरकार । फिचर कम भए पनि रिल छ, इन्स्टाग्राम छ, युट्युब छ । ती सबैलाई बन्द गर्दै जाने हो र ? प्रवृत्तिलाई रोकोस्; प्रविधि होइन सरकार ।
मानिसहरूको निराशा सरकारसँग छ । पुराना पार्टीहरूसँग छ । नेतृत्व र नेताहरूसँग छ । टिकटक बन्द गरेर कुशासनलाई ढाकछोप गर्न खोजेको हो की भन्ने एक थरिको बुझाई छ । यदि त्यसो हो भने गलत हुन्छ । टिकटक बन्द गर्दैमा केही हुन्न सरकार । फिचर कम भए पनि रिल छ, इन्स्टाग्राम छ, युट्युब छ । ती सबैलाई बन्द गर्दै जाने हो र ?
दोस्रो कुरा;
दुनियाँका कुनै पनि कुरा खराब हुँदैनन् । त्यसलाई प्रयोग कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रयोगको ठाउँमा दुरुपयोग गरियो भने नराम्रो हो । दुरुपयोग रोक्न सरकारले संयन्त्र बनाउनु पर्छ, ताकी बन्द गर्ने होइन । नियमनको बाटो खोजी खराब पक्षलाई नियन्त्रण गरिनु पर्छ । दण्डित गर्नुपर्छ । प्रजातान्त्रिक मुलुकमा हरेक कुराको सुनुवाइ हुनुपर्छ । मन्त्रिपरिषद्को एउटा निर्णयका आधारमा कानुन नबनाई जथाभावी गर्नु हुँदैन । अदालतमा यस्ता कुराको परीक्षण हुने नै छ ।
नेपालको वर्तमान संविधानले मौलिक हक र स्वतन्त्रताको हनन् हुन दिने पक्कै छैन । खराब र ठिक भन्ने कुरा समाजले अडिट गर्छ । सामाजिक अडिट नै अन्तिम सत्य हुन्छ । स्वतन्त्रता र स्वछन्दता दुबै प्रजातन्त्रका अवयव हुन् । यदि मानिसलाई अहित गर्छ, बहुसंख्यक मानिसलाई मर्का पर्छ भने मात्र त्यो खराब हो । सत्ताधारीलाई लागेका आधारमा/हचुवाका आधारमा निर्णय गरिनु हुन्न । सरकारको निर्णयले प्रजातन्त्रको मुख थुन्ने काम नगरेको होस् ।
तेस्रो कुरा;
एउटा कुरा चाहिँ सत्य हो टिकटकले जनजिविका सवालमा भन्दा शरीर देखाउने र नाङ्गिने अभ्यास बढी गरेकै हो । गरिबी, बेरोजगारी, अविकासमा जेहाद छेड्न सकेन । नेपालीको समाजमा दुई खाले पात्र र प्रवृत्ति छन् । एउटा पूर्वीय संस्कारमा हुर्किएका र अर्को पश्चिमी संस्कार अवलम्बन गरेका । देश दुनियाँ डुलेको, बुझेको, पश्चिमा जगतसँग निकट भएको वर्गमा खुलापन बढी छ । जात भात, यौन आदिलाई खुलारूपमा लिन्छन् । शरीरका अंग प्रदर्शन सामान्य लाग्छ । समाजमा यो वर्ग बढेको छ ।
टिकटकमा महिला/पुरुषका यौन अङ्ग बिक्दो रहेछ । व्यक्तिहरूले यसलाई कमाई खाने र पपुलारिटी कमाउने माध्यम ठाने । समाजमा त्यसका ग्राहक धेरै हुँदा रहेछन् । जो गुम्सेर बसेका रहेछन् । पुँजीवादी समाजमा जे बिक्छ, त्यही बेच्ने हो भन्ने मान्यता विकास भएको छ । एउटा वर्गलाई यो ठिकै लाग्छ । अहिले भएको पनि त्यही हो ।
टिकटकमा महिला/पुरुषका यौन अङ्ग बिक्दो रहेछ । व्यक्तिहरूले यसलाई कमाई खाने र पपुलारिटी कमाउने माध्यम ठाने । समाजमा त्यसका ग्राहक धेरै हुँदा रहेछन् । जो गुम्सेर बसेका रहेछन् । पुँजीवादी समाजमा जे बिक्छ, त्यही बेच्ने हो भन्ने मान्यता विकास भएको छ ।
अर्को वर्ग पूर्वीय संस्कारमा हुर्किएको छ । शारीरिक अङ्ग खुलारूपमा प्रदर्शन गर्नु अपराध ठान्छ । आफ्नो रीतिरिवाजको विरुद्ध ठान्छ । टिकटकमा खासगरी महिलाहरूले शारीरिक अङ्गहरूको खुला प्रदर्शन गर्दा समाजको बेइज्जत भएको ठान्छ । अश्लिलता प्रदर्शन गरेको ठान्छ । समस्या यहीनेर हो । एउटा वर्गलाई त्यही कुरा ठिक लाग्छ, अर्कोलाई गलत र नराम्रो ।
वास्तवमा अश्लिलता समाजमा गुम्सेर बसेको रहेछ । यो समाजको यथार्थता हो । टिकटकले त्यसलाई उजागर गरेको हो । बाहिर गाली गर्ने र भित्रभित्र लुकिलुकी अश्लिलता मन पराउने वर्ग धेरै रहेछन् । जसलाई हामी अश्लिलता भनिरहेका छौं, जसले अश्लिलता प्रदर्शन गरेको भनिरहेका छौ; उसका फलोअर्स लाखौँमा किन भए ? समस्या यहीँ छ । समाज कता जाँदै छ ? टिकटक बन्दले यो कुरा रोक्ला ? टिकटक बन्दलाई पुरातनवादी र खुलावादीबिचको लडाइँ मात्र ठानिनु हुन्न । समाजको झुकावलाई कसीमा राखेर हेरिनुपर्छ । मूल्यांकन गरिनु पर्छ ।
वास्तवमा अश्लिलता समाजमा गुम्सेर बसेको रहेछ । यो समाजको यथार्थता हो । टिकटकले त्यसलाई उजागर गरेको हो । बाहिर गाली गर्ने र भित्रभित्र लुकिलुकी अश्लिलता मन पराउने वर्ग धेरै रहेछन् । जसलाई हामी अश्लिलता भनिरहेका छौं, जसले अश्लिलता प्रदर्शन गरेको भनिरहेका छौ; उसका फलोअर्स लाखौँमा किन भए ?
अन्तमा, एउटा सामाजिक सञ्जाल टिकटक बन्द हुँदा सबै समस्या हल हुने र नहुँदा समस्याको चाङ्ग सिर्जना हुने भाष्य निर्माण गलत छ । दुनियाँका धेरै मुलुकमा टिकटक खुला छ । हाम्रै छिमेकी भारत लगायतका २०/२५ देशमा यो प्रतिबन्धित छ । नेपालमा यसलाई बन्द गर्नु हुन्छ वा गर्नु हुँदैन भन्ने बहस सुरु भएको छ ।
तर, उत्तर आधुनिक युगमा प्रवेश गरेको समाजले यसलाई स्वीकार गर्ला वा नगर्ला भन्न सकिन्न । यो लडाइँ पुरातनवादी वा अर्को कुनै वादीका रूपमा नहेरी पूर्वीय संस्कार र पश्चिमी संस्कारबिचको द्वन्द्वका रूपमा लिइनुपर्छ । अर्को महत्वपूर्ण पाटो, सरकार आफूले डेलिभरी गर्न नसकेको सुशासनलगायतका विषय लुकाउने र जनताको आवाज बन्द गराउने हतियार नबनाओस् । प्रजातन्त्रको चिरहरण गराउने माध्यम नबनाओस् टिकटकलाई !