काठमाडौं । अभिनेता नाना पाटेकर यतिबेला निकै विवादमा तानिएका छन् । सेल्फी लिन आएका फ्यानलाई थप्पड हानेको भिडियो भाइरल बनेसँगै विवादमा तानिएका हुन् ।
भिडियो भाइरल बनेसँगै अभिनेता पाटेकरविरुद्ध आलोचनाको ओइरो लागेको छ । तर, यसैबीच यो भाइरल भिडियोको सत्यता पनि बाहिर आएको छ ।
के थियो वास्तविकता ?
नानाले वास्तवमा फ्यानलाई थप्पड हानेका थिएनन् तर यो उनको फिल्मको सुटिङको एक हिस्सा थियो । यसको खुलासा फिल्मका निर्देशक अनिल शर्माले नै गरेका छन् ।
अनिलले भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा यो सम्पूर्ण दृश्यको बारेमा कुरा गरेका छन् । “मलाई यो खबर भर्खरै थाहा भयो, मैले भर्खरै त्यो भिडियो हेरेको छु, वास्तवमा नानाले कसैलाई थप्पड हानेका छैनन्, यो फिल्मको छोटो हिस्सा मात्रै थियो, त्यो बेला सुटिङ चलिरहेको थियो र नानाले आफ्नो कर्म गरिरहेका थिए”, उनले भनेका छन् ।
शर्माले प्रशंसकलाई संयमित हुन र वास्तविकतालाई बुझ्न आग्रह गरेका छन् । उनले भनेका छन्, “त्यतिबेला त्यहाँ धेरै मानिस उभिएका थिए, जसले त्यो दृश्य क्यामेरामा रेकर्ड गरेर भाइरल बनाएका थिए, अहिले यो भिडियोपछि नानालाई चारैतिरबाट नकारात्मक प्रतिक्रिया आइरहेका छन्, जुन एकदमै गलत हो, सच्चाई सबैले बुझ्न आवश्यक छ ।”
के थियो भाइरल भिडियो ?
फिल्म शूटिंग के दौरान सेल्फी लेने पहुंचे फैंस को नाना पाटेकर ने थप्पड़ मारा।
ये कैसा घमंड है जो सिर्फ गरीबो पर फूटता है
शर्मनाक है 👎👎 pic.twitter.com/pycj27eDpq— Yati Sharma (@yati_Official1) November 15, 2023
सार्वजनिक भएको भिडियोमा नाना पाटेकर वाराणसीको एक सडकमा धेरै मानिसहरूको बीचमा उभिएको देखिएका थिए । उनीसँगै एक अंगरक्षक पनि उभिरहेका थिए ।
यसैबीच, एक फ्यान त्यहाँ पुग्छन् र नानासँग सेल्फी माग्न्छन् तर, नानाले उनलाई थप्पड हानेर भगाउँछन् । त्यहाँ उभिरहेका अंगरक्षकले पनि उनलाई धकेल्छन् ।