महिला ट्वान्टी–२० : लगातार दोस्रो हारपछि फाइनलबाट बाहिरियो नेपाल-Sutra News

महिला ट्वान्टी–२० : लगातार दोस्रो हारपछि फाइनलबाट बाहिरियो नेपाल

बिहिबार, ३० कार्तिक २०८०

बिहिबार, ३० कार्तिक २०८०

काठमाडाैं । हङकङमा जारी महिला टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । नेपाली टोली बिहीबार खेलिएको आफ्नो दोस्रो खेलमा आयोजक हङकङसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भयो ।



ब्याटिङमा असफल बनेकाे त्यस खेलसँगै नेपाल प्रतियोगिताको फाइनलबाट बाहिरिएको छ । अब सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानियाबीच भिडन्त हुनेछ ।

नेपालले भने लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जापानको सामना गर्नेछ । त्यही दिन समूहको शीर्ष स्थानमा रहने टिमको निर्णयका लागि हङकङ र तान्जानियाबीच खेल हुनेछ ।

नेपालले आइतबार नै तेस्रो स्थानमा लागि फेरि जापानका लागि खेल्नेछ । आइतबार नै फाइनल रहेको छ ।

नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । हङकङका लागि नतासा मिल्सले १९ बलमा ४ चौकासहित २७ रन बनाइन् । उनी रनआउट भएकी थिइन् । त्यस्तै शान्जीन शहजादले २२ रन बनाइन् ।

त्यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ ओभर बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो विकेट ४ रनमा गुमाएको नेपालले थप ३ विकेट १ रन बनाउँदा गुमायो । ५ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । हङकङका लागि इक्रा सहरले ३ विकेट लिइन् । त्यस्तै रुचिथा वेंकटेसले २ विकेट लिँदा बेट्टी चान, मारिको हिल र केरी चेनले १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट