किन देखिन्छ पुरूषहरूमा रक्तचापकाे समस्या ? समाधानकाे उपाय के ?-Sutra News

किन देखिन्छ पुरूषहरूमा रक्तचापकाे समस्या ? समाधानकाे उपाय के ?

शुक्रबार, १ मंसिर २०८०

शुक्रबार, १ मंसिर २०८०

रक्तचापकाे समस्या अक्सर खानपान र जीवनशैलीसँग सम्बन्धित हुनेगर्छ । खानपानमा ख्याल नगर्ने र जीवनशैली व्यवस्थित नभएका व्यक्तिमा यस्ताे समस्या देखिन्छ ।



धेरैजसो पुरुषहरु विशेषगरी बाहिरको खानेकुरा, माछामासु, बढी प्राेटिनयुक्त खानेकुरा र जंकफुड खाने गर्दछन् । साथै, कतिपयले मद्दपान र धुम्रपान पनि गर्दछन् । उनीहरूकाे सुत्ने, उठ्ने समय पनि निश्चित हुँदैन । अस्थव्यस्त दैनिककाे कारणमा व्यक्तिमा थुप्रै खालका स्वास्थ्य समस्या देखिने गर्दछन् ।

चिनीको कारणले कोलेस्ट्रोल बढ्छ र रक्तचाप बढ्छ । कोलेस्ट्रोलको मात्रा घटाउँदा बीपी बढ्छ।बीपी नियन्त्रण गर्न हरियो पात, सागसब्जी, फलफूल, अंकुरित अन्न, भिजाएर खाएमा बीपी सधैं कम रहन्छ।

रक्तचाप नियन्त्रण गर्न बाहिरकाे खान बन्द गर्नुहोस्। तपाईंको आहारमा ५०% पकाएको ५०% काँचो तरकारीहरू समावेश गर्नुहोस्, तब तपाईंको रक्तचाप सधैं सामान्य रहनेछ । कुनै औषधिको आवश्यकता छैन, आहार औषधि हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट