सुरुङ मार्गमा फसेकालाई उद्धार गर्न किन अवराेध गरे स्थानीयले ?-Sutra News

सुरुङ मार्गमा फसेकालाई उद्धार गर्न किन अवराेध गरे स्थानीयले ?

आइतबार, ३ मंसिर २०८०

आइतबार, ३ मंसिर २०८०

काठमाडाैं । सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।



एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएपछि उद्धारको काम सुस्त भएको थियो ।

शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ रहेको पुष्टि गरेका छन् । यो सङ्ख्या निर्माण कम्पनीले रिपोर्ट गरेकोभन्दा एक जना बढी हो ।

सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआईडीसीएलले शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार काअर्य अवरूद्ध भएको छ ।

उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उद्धृत गरी सम्प्रेषित समाचारमा खाना, पानी, अक्सिजन र औषधि पनि ६ इन्च चौडा (१५ सेन्टिमिटर) पाइपमार्फत पठाइएको छ । तर, भित्र फसेकाहरू निराश भएको उल्लेख गरिएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट