यी हुन् मुटुलाई बलियो बनाउने पाँच खानेकुरा-Sutra News

यी हुन् मुटुलाई बलियो बनाउने पाँच खानेकुरा

आइतबार, ३ मंसिर २०८०

आइतबार, ३ मंसिर २०८०

मुटु शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। यसले शरीरको हरेक अंगमा रगत र पोषक तत्वको आपूर्ति गर्छ। मुटु स्वस्थ रह्यो भने मात्रै शरीर पनि स्वस्थ रहन्छ ।



स्वस्थ मुटुले शरीरलाई रक्तचाप, मधुमेहजस्ता धेरै रोगहरूबाट बचाउँछ। मुटु स्वस्थ भएन भने धेरै प्रकारका रोग लाग्न सक्छन् ।

मुटुलाई बलियो बनाउन खानपानमा ध्यान दिनु जरुरी हुन्छ । हरियो सागसब्जी र ताजा फलफूलले मुटुलाई सुरक्षित राख्छ । आउनुहोस् हामी आज तपाईलाई यस्ता पाँच खानेकुराको बारेमा जानकारी दिँदैछौं, जसले मुटुलाई स्वस्थ र तन्दुरुस्त राख्छ ।

१. हरियो सागसब्जी: हेल्थलाइनमा प्रकाशित एक समाचारअनुसार, हरियो सागपात तरकारी जस्तै भिटामिन, नाइट्रेट, खनिज र एन्टिअक्सिडेंटको निकै राम्रो स्रोत हो। सागपात खाँदा रक्तनलीका कोशिकाहरू स्वस्थ हुन्छन् र रक्तचाप नियन्त्रण हुन्छ, जसले मुटुलाई बलियो बनाउँछ । स्वस्थ मुटुका लागि हरियो सागसब्जी अनिवार्यरूपमा खानुपर्छ ।

२. ड्राई फ्रुट्स: ओखर र बदाम जस्ता ड्राई फ्रुट्सले मुटुलाई बलियो बनाउँछ। यसमा पर्याप्त मात्रामा फाइबर र म्याग्नेसियम पाइन्छ जसले कोलेस्ट्रोल, रक्तचाप र पेटको बोसो घटाउँछ, जसले मुटुको स्वास्थ्यमा सुधार गर्छ। नियमित मात्रा मिलाएर खाँदा मुटुलाई स्वस्थ र तन्दुरुस्त राख्छ ।

३. प्राेटिनयुक्त खाना : प्रोटिन स्वास्थ्यको लागि धेरै लाभदायक छ। भटमास, दुध, अण्डालगायतका खानालाई पोषक तत्वको भण्डारकाे रूपमा लिइन्छ । प्रोटिन युक्त आहारले ट्राइग्लिसराइड्स कम गर्न सक्छ। यसले हृदय रोगबाट बच्न मद्दत गर्नेछ। सोया प्रोटिनले मुटुलाई बलियो र स्वस्थ राख्छ। यसले कोलेस्ट्रोल पनि कम गर्छ ।

४. ताजा फलफूल : शरीरकाे लागि ताजा फलफूल निकै आवश्यक छ । फलफूलमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ। स्वादिष्ट पनि हुने फलफूलहरूमा फाइबर र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। यसलाई नियमित रूपमा आफ्नो आहारमा समावेश गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ।

५. धान, गहुँ र मकैका खाना : ब्राउन राइस, ओट्स र जौ जस्ता सम्पूर्ण अन्नले हृदयलाई बलियो बनाउँछ। यसको प्रयाेगले कोलेस्ट्रोल र ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै यसमा पाइने अन्य पोषक तत्वले पनि शरीरलाई स्वस्थ बनाउँछ । त्यसैले मुटुलाई स्वस्थ राख्न यसको सेवन गर्नुपर्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट