

आज मिति २०८० साल मंसिर ४ गते सोमबार । तदनुसार नाेभेम्बर महिनाकाे २० तारिख २०२३ । कार्तिक शुक्ल पक्ष अष्टमी तिथि । आज बिहान ६ बजेर २७ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर १० मिनेटमा अस्ताउने छ ।
मेष
सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृष
नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ।
मिथुन
अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुनेछन्। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन हातलागी हुन सक्छ।
कर्कट
अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। तर आत्मीय सम्बन्ध बिग्रनाले दुस्ख पाइनेछ। वादविवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ।
सिंह
पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।
कन्या
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
तुला
बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ। दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला।
वृश्चिक
पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
धनु
नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मकर
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुम्भ
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दु:ख पाइनेछ।
मीन
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनबाट लाभ हुनेछ।