नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?-Sutra News

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।



मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट