फेरि बढ्न थाल्यो सुनको मूल्य, तिहारपछि मात्रै २७ सयले बृद्धि-Sutra News

फेरि बढ्न थाल्यो सुनको मूल्य, तिहारपछि मात्रै २७ सयले बृद्धि

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारसँगै सस्तिएको मूल्य तिहारपछि बढ्न थालेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तिहारपछिका चार कारोबार दिनमा मात्रै सुनको मूल्यमा दुई हजार सात सय रुपैयाँले बृद्धि भएको छ । तिहारअघि कात्तिक २७ मा प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ रहेको सुनको मूल्य मंसिर ४ मा आउँदा एक लाख १५ हजार सात सय रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आइतबारको तुलनामा सोमबार मात्रै सुनको मूल्यमा दुई सय रुपैयाँले बृद्धि भएको छ ।

सुनको मूल्यमा बृद्धि भइरहँदा चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । महासंघका अनुसार तिहारपछि मात्रै चाँदी तोलामा ९० रुपैयाँले मूल्य बृद्धि भएको छ ।

अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र स्थानीय बजारमा माग आएको बृद्धिसँगै मूल्य बढेको महासंघको भनाई छ । विशेषगरी, विवाह व्रतबन्धको सिजनको रुपमा हेरिने भएको कारण मंसिरमा सुनचाँदीको खरिद–बिक्री धेरै हुने गर्छ । जसलाई आधार मान्दा सुनको मूल्य थप बृद्धि हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट